काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागमा शनिबार एउटा हेलिकोप्टर सडकमा आपत्कालीन अवतरण गरेको छ ।
केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको उक्त हेलिकोप्टर पाँच यात्रु लिएर केदारनाथ जाँदै थियो । तर, उडान भरेलगत्तै हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि पाइलटले सडकमै अवतरण गराएका हुन् ।
घटनाको जानकारी पाउने बित्तिकै प्रशासनले घटनास्थलमा टोली पठाएको थियो र हेलिकोप्टरलाई सडकबाट हटाइयो ।
जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अधिकारी राहुल चौबेले भने, “केस्ट्रेल एभिएसन प्राइभेट लिमिटेडको हेलिकोप्टर बारासुस्थित आफ्नो आधारबाट पाँच यात्रु लिएर केदारनाथ धामका लागि उडान भरिरहेको थियो। यसै क्रममा हेलिकोप्टरमा केही प्राविधिक गडबडी भयो।”
उनले थपे, “पाइलटले समयमै समस्या महसुस गरे र नजिकै खाली सडक देखेपछि आपत्कालीन अवतरण गरे। हेलिकोप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित छन्, जबकि पाइलटलाई सामान्य चोट लागेको छ।”
चौबेले आपत्कालीन अवतरणको क्रममा सडकमा पार्क गरिएको कारको माथिल्लो भागमा क्षति पुगेको बताए । -बीबीसी हिन्दीबाट
Facebook Comment
Comment