प्रतिनिधिसभा बैठक : निर्धारित समयमा बस्न नसकेपछि सारियो

नेपालभ्युज

प्रतिनिधिसभा बैठक : निर्धारित समयमा बस्न नसकेपछि सारियो
फाइल तस्वीर

काठमाडौं । निर्धारित समयमा बस्न नसकेपछि प्रतिनिधिसभा बैठक सरेको छ ।

आज (बिहीबार) दिउँसो १ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि पुनः ३ः३० का लागि नयाँ समय निर्धारण गरिएको हो ।

प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सभामुखले देवराज घिमिरेले सभाको बैठक दिनको ३ः३० बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखकको राजीनामा माग्दै यतिबेला विपक्षी दलहरूले संसद् बैठक बस्न दिइरहेका छैनन् । सभामुख भिमिरेले संसद् सुचारु  गर्न प्रयास गरिरहे पनि सम्भव भइरहेको छैन ।

सभामुख घिमिरे र विपक्षी दलहरूबीच अहिले छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved