हजा यात्रामा गर्मीका कारण हुने मृत्यु रोक्न के गर्दै छ साउदी ?

नेपालभ्युज

हजा यात्रामा गर्मीका कारण हुने मृत्यु रोक्न के गर्दै छ साउदी ?

एजेन्सी । यो वर्षको हज यात्रा सुरु भइसकेको छ । जसमा १४ लाखभन्दा धेरै मुस्लिम धर्मावलम्बीहरू साउदी अरबको मक्का पुगिसेका छन् । गत वर्ष हज यात्रामा आएका १३०० मानिसहरूको गर्मीका कारण मृत्यु भएको थियो । साउदी अधिकारीहरूले यो वर्षको हजका लागि सुरक्षा बढाइएको बताएका छन् ।

तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्ने सम्भावनालाई देखेर साउदीले हजारौँ रुख रोपेको छ । साथै, सयौँ कुलिङ युनिट्सको व्यवस्था गरिएको छ । गर्मीबाट जोगिनका लागि यस्तो गरिएको हो ।

साउदी अधिकारीहरूले यो वर्ष १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतिबन्ध लगाइएको समेत बताएका छन् । र, अनुमतिबिना हज गर्नेहरूमाथि पाँच हजार डलर जरिवाना र १० वर्ष प्रवेश प्रतिबन्ध लगाउनृ चेतावनी दिइएको छ ।

आइतबारसम्म मक्का प्रवेश गर्न चाहने ६ लाख ६९ हजारभन्दा धेरै मानिसहरूलाई रोकेको साउदी अधिकारीहरूले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved