अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

नेपालभ्युज

अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप

एजेन्सी । चीनले अमेरिकामाथि दुई देशबीच जेनेभामा भएको आर्थिक तथा व्यापार वार्ताको सहमति पालना नगरेको आरोप लगाएको छ ।

अमेरिकाले आफ्नो देशमाथि धेरैवटा भेदभावपूर्ण प्रतिबन्ध लगाएको चीनको वाणिज्य मन्त्रालयले आरोप लगाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने घोषणा गर्नेजस्ता विभेदपूर्ण निर्णयहरू भएको जनाइएको छ ।

जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरूबीच भएको फोनवार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन भएको चीनको भनाइ छ । अमेरिकाले चीनको वैधानिक अधिकार र हितलाई गम्भीर हानि पुर्याएको चिनियाँ पक्षको आरोप छ ।

अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक तथा व्यापारिक नीतिहरू अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको आरोप छ ।

‘आफ्ना निर्णय र क्रियाकलापमा विचार गर्नुको सट्टा अमेरिकाले चीनलाई सहमति उल्लङ्घन गरेको आधारहीन आरोप लगाएको छ । चीनले यी अनुचित आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर कडाइका साथ कार्यान्वयन गरेको र सक्रिय रुपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved