काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताएका छन् ।
मानवअधिकार आयोगको २५औं वार्षिकोत्सव कार्यक्रममा उनले सञ्चारकर्मीहरू असुरक्षित रहेको र सञ्चारगृहमाथि क्षति पुगेकोप्रति दु:ख व्यक्त गरे ।
उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मावन अधिकारको अन्योन्यास्रित सम्बन्ध रहन्छ । सूचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मी नै असुरक्षित रहेको, समचार संकलनका लागि खटिँदा उनीहरूलाई हतोत्साही बनाएको, सञ्चारगृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचित हुने अवस्था उत्पन्न भएका सूचनाहरू आयोगले प्राप्त गरिरहेको छ ।’
अध्यक्ष मगरले मानवअधिकारका मुद्दामा आयोगले कारबाहीको सिफारिसमा कार्यान्वयन नहुँदा ढण्डहीनताले पश्रय पाएको बताए ।
उनले आव २०८१-८२ को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानवअधिकार उल्लघनसम्बन्धी ५८ वटा उजुरी दर्ता भएको र १६४ वटा उजुरी फर्सौट गरिएको जानकारी दिए ।
Facebook Comment
Comment