काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गत वर्षको फागुन १७ गते श्रीमती अञ्जली यादवको हत्या गरी फरार भएका हरिरामलाई बिहीबार जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
।
हरिराम करिब १० महिनाकी छोरीसहित फरार थिए । उनकी श्रीमती अञ्जलीको शव भने घरभित्रै गाडिएको अवस्थामा भेटिएको थियो । मृतक अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाइँ हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो ।
अभियुक्त पक्राउ परेपछि घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment