नायब सुब्बाको परीक्षा स्थगित

नायब सुब्बा वा सो सरह पदको लागि ९ भदौ देखि १५ भदौसम्म हुने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगित भएको छ ।

नेपालभ्युज

नायब सुब्बाको परीक्षा स्थगित

काठमाडौं। राजपत्र अनंकित, प्रथम श्रेणी(अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको लागि ९ भदौ देखि १५ भदौसम्म हुने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगित भएको छ।

लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार आयोग कार्यालयहरूबाट सञ्चालन हुने भनिएको पूर्व निर्धारित परीक्षा अर्काे सूचना प्रकाशित नहुन्जेलसम्मको लागि स्थगित भएको हो।

आयोगको १४ असारमा भएको निर्णय बमोजिम प्रथम चरणको परीक्षामा उतीर्ण उम्मेदवारहरूको पूर्व निर्धारित द्वितीय चरणको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको थियो।

हरिश बहादुर चन्दले लोकसेवा आयोग विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दायर गरेका थिए। प्रवक्ता सुवेदी भन्छन्, “३१ भदौमा न्यायाधीश हरिप्रसाद फुयालको एक इजलासले ‘कारण देखाउ आदेश र अग्राधिकार दिने आदेश’ आएपछि परीक्षा स्थगित भएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved