आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, उपत्यकामा वर्षा हुने सम्भावना कम

नेपालभ्युज

आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, उपत्यकामा वर्षा हुने सम्भावना कम

काठमाडौं। आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै रहेकाले यति बेला पहाडी भेगमा मौसम आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा उपत्यकामा भने वर्षाको सम्भावना निकै कम रहेको मौसमविद्ले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved