जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति यादव

नेपालभ्युज

जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव पुनः दोहरिएका छन् ।

शनिबारदेखि सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार सम्पन्न मतदान प्रक्रियाबाट पशुपति यादव जिल्ला अध्यक्षमा दोहरिएका छन् ।

निकट प्रतिद्वन्दी सत्रुधन यादवलाई ४ मतले हराउँदै उनी विजयी भएका हुन् । पशुपति यादवले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी शत्रुधन यादवले १६४ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा शहिनगर नगरपालिकाका मेयर दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् ।

यस्तै सचिवमा रामनारायण कापडी विजयी भएका छन् भने उपसचिवमा रामबिहारी यादव र शशिचन्द्र यादव विजयी भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा सुजिता यादव विजयी भएका छन् ।

यता मुस्लिम सदस्यमा रहमत राइन, आमिन खान र नइम शेष विजयी भएका छन् । महिला र जनजाति सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइ सकेका छन् भने खुला सदस्यको मतगणना जारी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved