काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता साझेदार दलका तीन नेताको बैठकमा दुई नेताले एमसीसीलाई यथास्थितिमा पारित गर्न नसक्ने अडान लिएका छन्।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षले प्रधानमन्त्री शेरबहादुर देउवासँग हालकै अवस्थामा एमसीसी पास गर्न नसक्ने बताएका हुन्।
सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पारित गर्ने पक्षमा हुँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा पारित नगर्ने पक्षमा छन्।
यस्तै जनमोर्चा पार्टी भने एमसीसी पारित गर्नै नहुने पक्षमा छ।
सत्ता गठबन्धन दलबीच एमसीसीमा एकमत नहुँदा २६ माघका लागि बोइलाइएको संसद् बैठक २ फागुनसम्मका लागि स्थगित गरिएको छ। एमसीसी मुख्यालयले भने यो पटक एमसीसी जसरी पनि पारित हुनुपर्ने र समय थप गर्न नसिकिने बताइरहेको छ।
Facebook Comment
Comment