आज दुईवटा संसदीय समितिको बैठक बस्दै

नेपालभ्युज

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज (बिहीबार) बस्दैछ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम)को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिने कार्यसूची रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved