जाँचबुझ आयोगको गठन सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

नेपालभ्युज

जाँचबुझ आयोगको गठन सम्बन्धी विधेयक सर्वसम्मतिले पारित

जनकपुरधाम ।  मधेश प्रदेश सरकारले जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न ल्याएको विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ।

बुधवार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पेश गरेको विधेयक माथि छलफलपछि सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले प्रदेशसभामा जानकारी गराए। मधेश प्रदेश सरकारले प्रदेश भित्रको सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न आयोगको गठन सम्बन्धी बिधेयक ल्याईएकाे हाे।

जाँचबुझ आयोगमा अदालतका पूर्व न्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा पूर्व सचिव वा उपसचिव र सम्बन्धीत विषयका विज्ञ सहित अन्य बढीमा दुईजना सदस्य रहने व्यवस्था रहेकाे छ। आयोगका लागि जनशक्ति र बजेटको व्यवस्था प्रदेश सरकारले गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved