राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए

नेपालभ्युज

राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएर नयाँ जिम्मेवारी दिएका छन् ।

ट्रम्पले ट्रुथ सोसलमार्फत यसबारे जानकारी दिएका हुन् । “मलाई संयुक्त राष्ट्र सङ्घको लागि अर्को अमेरिकी राजदूतको रूपमा माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गर्न पाउँदा खुशी लागेको छ,” उनले लेखेका छन् ।

उनले थपे, “युद्धभूमिमा पोशाकमा हुँदा, कङ्ग्रेसमा हुँदा र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकतामा राख्न कडा परिश्रम गरेका छन् । मलाई थाहा छ उहाँले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नुहुनेछ ।”

ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी सम्हाल्ने बताए ।

वाल्ट्जले ट्विटरमा राष्ट्रपतिको घोषणाको स्क्रिनसट पोष्ट गरेका छन् । “राष्ट्रपति ट्रम्प र हाम्रो महान राष्ट्रको सेवा जारी राख्न पाउँदा म गहिरो सम्मानित छु,” उनले लेखेका छन् ।

संवेदनशील सैन्य योजनाहरू छलफल भइरहेको च्याट समूहमा गल्तिले एक पत्रकार थपेकोमा वाल्ट्जले हालै आलोचनाको सामना गर्नुपरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved