मकवानपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपालभ्युज

मकवानपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–८ सिमपानीमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको मालवाहक ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मकवानुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ९ घर भई मनहरी ८ सिमपानीमा बस्ने अन्दाजी ७० वर्षीय गंगाबहादुर स्याङ्तानको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

ट्रकको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको जनाइएको छ । ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved