नवनियुक्त शिक्षामन्त्रीको प्रतिबद्धता– वार्ताबाटै शिक्षकका समस्या समाधानको प्रयास गर्छु

नेपालभ्युज

नवनियुक्त शिक्षामन्त्रीको प्रतिबद्धता– वार्ताबाटै शिक्षकका समस्या समाधानको प्रयास गर्छु
शिक्षामन्त्री रघुजी पन्त (फाइल तस्वीर)

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकहरूका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

शिक्षकहरूका माग आफूलाई थाहा भएको भएपनि अहिलेसम्म भएका प्रयासबारे जानकार नरहेको भन्दै मन्त्री पन्तले जानकारी लिएपछि मात्रै यस विषयमा बोल्ने बताए ।

उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved