पुरुषलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी जिम्मेवारीबाट हटाइए

नेपालभ्युज

पुरुषलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकजना पुरुषमाथि कुटपिट गरेको घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ।

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा ट्राफिक प्रहरीले एक पुरुषलाई कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि कार्यालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक गिरीले बिहीबार जारी गरेको जानकारी अनुसार कुटपिटमा संलग्न जनसेवा ट्राफिक प्रहरी वृत्तका चार जना प्रहरीलाई जिम्मेवारीबाट हटाई कार्यालयमा झिकाइएको छ। उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved