मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० राप्ती तटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य शुरू भएको छ। उपमहानगरपालिकाले आफ्नो योजना अनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महतले जानकारी दिए।
सो मेसिन उपमहानगरपालिकाले भारतवाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ। यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ।
मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ। एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहहानगरपालिकाले जनाएको छ। मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्या समेत हट्ने बताइएको छ।
Facebook Comment
Comment