काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।
उनले बुधबार बिहान सामाजिक सञ्जाल एक्समार्फत उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रुप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।”
उक्त आक्रमणमा एकजना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।
यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस हमलाको कडा शब्दमा निन्दा गरेको थियो ।
जम्मू–कश्मीर हमलाबारे सरकारले भन्यो : हामी सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछौं
Facebook Comment
Comment