टीकापुरको सामुदायिक वनमा पोथी पाटेबाघ मृत फेला

नेपालभ्युज

टीकापुरको सामुदायिक वनमा पोथी पाटेबाघ मृत फेला

घोडाघोडी । कैलालीको टीकापुर नगरपालिका– २ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत फेला परेको छ ।

सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए ।

गन्हाएपछि स्थानीयले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छ भने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved