कर्णाली प्रदेशका नयाँ मन्त्रीहरू : मूर्ति चोरेको सजाय भोगेकादेखि पूर्वप्रधानपञ्चसम्म

जिल्ला प्रहरी कार्यालय हुम्लाले १४ मंसीर २०४९ मा चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाबाट मूर्ति चोरी गरेको आरोपमा लामासहित छिरिङ पाल्दन लामाविरुद्ध नैतिक पतन देखिने फौजदारी अभियोगमा हुम्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। २५ मंसीर २०५१ मा दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रूपैयाँ जरिवाना हुने आदेश दिएको थियो।

नेपालभ्युज

कर्णाली प्रदेशका नयाँ मन्त्रीहरू : मूर्ति चोरेको सजाय भोगेकादेखि पूर्वप्रधानपञ्चसम्म

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथग्रहण खाएको ९६ दिनपछि प्रदेश–सरकारलाई पूर्णता दिँदा कर्णालीमा विवादित छवि भएकालाई मन्त्री बनाएका छन्।

गैरसांसद रहेका मूर्ति चोरीको आरोपमा जेल सजाय भोगेका हुम्लाका कार्चेन लामालाई माओवादीका तर्फबाट पर्यटन, वन तथा वातावरणमन्त्री बनाइएको छ। नवगठित मन्त्रिपरिषद्मा महिलाको सहभागिता शून्य छ।

मूर्ति चोरीको आरोप जेल, गैरसांसद भए पनि मन्त्री

माओवादीका तर्फबाट पर्यटन, वन तथा वातावरणमन्त्री बनाइएका  लामा फौजदारी अभियोग प्रमाणित भएका व्यक्ति हुन् । उनमाथि करीब ३० वर्षअघि फौजदारी अभियोग प्रमाणित भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले १४ मंसीर २०४९ मा चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाबाट मूर्ति चोरी गरेको आरोपमा लामासहित छिरिङ पाल्दन लामाविरुद्ध नैतिक पतन देखिने फौजदारी अभियोगमा हुम्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

अदालतका तत्कालीन न्यायाधीश नीलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते फैसला सुनाउँदै दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रूपैयाँ जरिवाना हुने आदेश दिएको थियो।

उक्त अभियोग लाग्नुअघि नै उनी राजनीतिमा लागिसकेका थिए । उनी हुम्ला  माओवादीका पुराना नेतामा गनिन्छन्।

२०४६ सालबाट मोटो मसालको राजनैतिक यात्रा शुरु गरेका हुम्लाको छिरिङ डुङडोल लामा (कार्चेन लामा) संयुक्त जनमोर्चामा सक्रिय रहेका लामा ०५४ साल साविक बरगाउँ गाउँ विकास समिति संयुक्त जनमोर्चाबाट बराङ गाउँ विकास समितिको उपाध्यक्ष भएका थिए।

२०५४ सालदेखि माओवादीमा भूमिगत भएर काम गरेका हुन्। उनलाई मन्त्री बनाएको आफ्नै पार्टी माओवादीमा विरोध भइरहेको छ।

उपप्रधानपञ्चदेखि गणतन्त्रमा मन्त्री

एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा शहरी विकास मन्त्रीको मन्त्री भएका जुम्लाका पदमबहादुर रोकाया पञ्चायतकालमा उपप्रधानपञ्च भएका थिए। औपचारिक रूपमा ०३६ सालदेखि राजनीतिक यात्रा शुरु गरेका मन्त्री रोकायाले नेमकिपाबाट आफ्नो राजनैतिक यात्रा शुरु गरेका थिए।

०३८ सालमा गाउँ पञ्चायतमा युवा संगठनको सभापति भएका थिए। उनी २०४४ को पाण्डवगुफा गाउँ पञ्चायत चुनावमा उनी उपप्रधानपञ्चमा निर्वाचित भएका थिए।

२०४७ मा तत्कालीन नेकपा (माले) को सदस्य बनेका रोकाया मार्क्सवादी–माले एकतापछि २०४७ मै नेकपा एमाले जिल्ला कमिटि सदस्य बने। एमाले जिल्ला कमिटीमा लगातार सचिवालय सदस्य हुँदै २०६५ मा पाटी जिल्ला उपाध्यक्षसमेत बनेका थिए।

२०७४ सालको जुम्ला जिल्ला क्षेत्र नं ख बाट प्रत्यक्ष उम्मेदवार निर्वाचित भएका हुन्।

जिविस सभापतिदेखि मन्त्री

आन्तरिक मामिला तथा कानूनी मन्त्री हिमबहादुर शाही २०४९ सालमा तत्कालीन जिल्ला विकास समिति दैलेखको सभापति भएका थिए। लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गरेका शाही २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजय भएका थिए।

२००६ सालमा जन्मिएका शाही कांग्रेसको राजनीति शुरु गरेका उनी १४ वर्षसम्म भूमिगत भएका थिए।

प्रधानपञ्चदेखि दुई पटक गणतन्त्रका मन्त्री

सामाजिक विकासमन्त्री भएका यज्ञबहादुर बुढाक्षत्री २०४३ सालमा पोखरीकाँडा गाउँ पञ्चायतको प्रधानमा निर्वाचित भएका थिए। २०४९ सालमा सोही गाविस अध्यक्ष पदमा निर्वाचित भएका बुढाक्षत्री अघिल्लो सरकारमा पनि सामाजिक विकास मन्त्री भएका थिए। कर्णालीमा दुई पटक मन्त्री हुने उनी पहिलो हुन्।

२०५२ सालमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति भएका उनी २०६२-०६३ को जनआन्दोलनमा २१ दिन हिरासत बसेका थिए।

पहिला स्कुलका प्रधानाध्यापक, अहिले मन्त्री

जलस्रोत तथा ऊर्जामन्त्री भएका जाजरकोटका गणेशप्रसाद सिंह २०४७ सालदेखि राजनीतिमा आबद्ध भएका हुन्। माओवादी जनयुद्धकालमा एरिया सेक्रेटरी भएका सिंह एरिया सेक्रेटरी, जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज हुँदै उनी माओवादीको बोलिटब्यूरो सदस्य भएका थिए। २०७४ सालका निर्वाचनमा जाजरकोट प्रदेशसभा निर्वाचित भएका हुन्।

माओवादी जनयुद्धमा सामेल हुनुअघि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लह र हिमालय माध्यमिक विद्यालय बारेकोटका प्रधानाध्यापक भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved