आगामी ३ दिन वर्षाको सम्भावना, बाली भित्र्याउन सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

आगामी ३ दिन वर्षाको सम्भावना, बाली भित्र्याउन सतर्कता अपनाउन आग्रह
सांकेतिक तस्वीर

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा पानी पर्ने पूर्वानुमान गरिएको छ।

हाल देशका किसानहरूले गहुँ, मसुरो लगायतका बाली भित्र्याउने समय भएकाले मौसम पूर्वानुमानलाई ध्यानमा राखेर मात्रै बाली काट्न महाशाखाले आग्रह गरेको छ।

मौसमविद् दाहालले भने, “अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। यो समयमा किसानहरूले मुसुरो, गहुँ जस्ता बाली कटाइरहेका छन्। वर्षाले बालीमा क्षति पुर्‍याउन सक्ने भएकाले मौसमको जानकारी लिएर मात्रै काम गर्नुहोला।”

मौसम विभागले कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको औंल्याएको छ। यसका साथै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि बताइएको छ।

यस्तो अवस्थामा किसानहरूलाई आफ्नो भित्र्याउन लागेको बाली सुरक्षित राख्न र मौसमको अनुकूलता हेरेर मात्रै कटाई लगायतका काम गर्न सुझाव दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved