काठमाडौं । सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणबाट कम्तीमा ४०० जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै यसको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ ।
यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको हो ।
आरएसएफले गत हप्ता पनि अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण गरेको थियो ।
सुडानमा डार्फरको नियन्त्रणका लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । अप्रिल २०२३ देखि यी दुईबीच सत्ताका लागि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । यसका कारण लाखौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
राष्ट्रसङ्घले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । राष्ट्रसङ्घले पनि मृत्यु हुनेको सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ ।
Facebook Comment
Comment