पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले भने, “आन्दोलनका उपलब्धि संस्थागत गर्दै बढ्छौं”

नेपालभ्युज

पार्टी कार्यालय उद्घाटन गर्दै नेपालले भने, “आन्दोलनका उपलब्धि संस्थागत गर्दै बढ्छौं”
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विगतका कमीकमजोरीलाई दोहरिन नदिने गरी पार्टी बढ्ने बताएका छन्।

शुक्रबार काठमाडौंको तीनकुनेस्थीत पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेता र पार्टीका साथै राजनीतिमा देखिएका विकृतिविरुद्ध उभिने प्रण गरे।

नेता नेपालले अहिले कुनै पार्टीसँग एकता हुन नसक्ने भन्दै चुनावमा भने तालमेल हुने धारणा राखे। चुनावसम्म मात्र नभएर लामो समयसमम्म गठबन्धन दलबीच सहकार्य हुने उनले बताए।

त्यस्तै अध्यक्ष नेपालले सर्वोच्चले नै दलको ह्वीप नलाग्ने भन्दाभन्दै आफ्ना सांसदलाई कारबाही हुनुपर्छ भन्ने कुराको अर्थ नरहने जिकिर गरे। एमाले अध्यक्ष केपी ओलीले गुटबन्दी गरेका र पार्टीमा एकलौटी गर्न खोजेका भन्दै व्यक्तिवादमा डुबेको व्यक्तिले नियमको कुरा गर्न नसुहाउने तर्क गरे। अदालतमा रहेको विषयलाई सदनमा विरोध गरेर एमालेले कानूनको उलंघन गरेको पनि उनले आरोप लगाए।

नेकपा एमालेसँग अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि कार्यालयबाट नियमित काम शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved