दुर्गा प्रसाईंको दाबी- आत्मसमर्पण गरेको हुँ

नेपालभ्युज

दुर्गा प्रसाईंको दाबी- आत्मसमर्पण गरेको हुँ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएका छन् ।

“अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,” प्रसाईंको सचिवालयले बिहीबार राति फेसबुकमार्फत जानकारी दिएको छ।

सचिवालयका अनुसार प्रसाईंले बुधबार मात्रै आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने बताएका थिए।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ। उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्ने शैलीमा पेलेको र त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको आरोप छ। घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए।

प्रसाईंले आफूले भारतमा आत्मसमर्पण गरेको बताए पनि नेपाली अधिकारीहरूले भने हालसम्म औपचारिक पुष्टि गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved