कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

नेपालभ्युज

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

डोटी । जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ। दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो।

उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले बताए। उनले भने, “जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएकाले यहाँको बढी भीड हुने क्षेत्रमा हामीले स्मार्ट हेल्थ डेस्क स्थापना गरेका छौँ, डेस्कबाट कोरोनासम्बन्धी सम्पूर्ण सेवा दिइनेछ।”

‘कोभिड–१९ विरुद्धको खोप समयमै लगाऔँ, थप जटिलता हुनबाट बचौँ र बचाऔँ’, भन्ने मूल उद्देश्यका साथ उक्त हेल्थ डेस्क स्थापना गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए। जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि कम्तीमा पनि ७४ खोप केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा अहिले २०० भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved