ट्रम्पले ९० दिनका लागि रोके भन्सार शुल्क, चीनको हकमा कायमै

नेपालभ्युज

ट्रम्पले ९० दिनका लागि रोके भन्सार शुल्क, चीनको हकमा कायमै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १०० भन्दा बढी देशमाथि बुधबार लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् ।

नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको उनको भनाइ छ ।

तर ट्रम्पले चीनको हकमा भने पुरानो निर्णय कायमै राखेका छन् । बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।

‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय तत्काल लागू हुनेछ । चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ ।’

ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने सङ्केत गरेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । ‘जुन देश अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved