काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मङ्गलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हुन् ।
पूर्वमन्त्री साहले तत्काल अख्तियारले यो विषयमा छानबिन गरी कारबाही गरेर आफ्नो संस्थाको साख जोगाउनुपर्ने सुझाव दिएका छन् ।
यसअघि गत पुस १४ गते प्रधानमन्त्री ओली पर्सामा गएको कार्यक्रमका लागि पनि इन्धन बाँडिएको समाचार आएको थियो । ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जाँदा गाउँगाउँमा तेलको कुपन बाँडिएको विषय बाहिर आएको थियो ।
राज्यको स्रोत–साधन दुरुपयोग गरेर पार्टीको कार्यक्रममा भीड देखाउन यस्तो कार्य गरिनु गलत भएको साहको भनाइ छ ।
Facebook Comment
Comment