नेतान्याहू भन्छन् – बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिनेछ

नेपालभ्युज

नेतान्याहू भन्छन् – बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिनेछ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ) ले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा भिडिओ सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताए ।

उनले भने, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैछौँ । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।” नेतन्याहूले गाजामाथिको दबाब जारी रहने पनि बताए ।

बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने पनि उनको भनाइ छ । उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गर्दै बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने बताएका छन् । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved