परराष्ट्रमन्त्री राणासँग बिमस्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

नेपालभ्युज

परराष्ट्रमन्त्री राणासँग बिमस्टेकका महासचिव पाण्डेको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

छैठौँ बिमस्टेक समिटका लागि थाइल्याण्डको राजधानी बैङ्ककमा   रहेकी  मन्त्री डा राणा र महासचिव पाण्डेबीच बुधबार भेटवार्ता भएको हो । सो भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले स्वीकार गरेको र यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति नेपाल प्रतिबद्ध रहेको बताएकी थिईन् ।

मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रशस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको धारणा पनि सो भेटमा राखेकी थिईन् । सो भेटमा उनले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा सङ्कट, गरिबी, मानवको अवैध ओसारपसार, आतङ्कवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाले तिनको समाधानका क्षेत्रमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने सुझाव दिएकी थिईन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved