पार्टी बैठकमा रवि: गणतन्त्र बोक्छौँ ओलीतन्त्र र देउवातन्त्र स्वीकार्दैनौँ

नेपालभ्युज

पार्टी बैठकमा रवि: गणतन्त्र बोक्छौँ ओलीतन्त्र र देउवातन्त्र स्वीकार्दैनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल गणतन्त्रको पक्षमा उभिने भन्दै त्यसको आवरणमा मौलाइरहेको ओलीतन्त्र र देउवातन्त्र स्वीकार नगर्ने बताएका छन् । पाँच महिना पछि पार्टीको बैठकमा सहभागि भएका उनले गणतन्त्र जनताको तन्त्र भन्दै यसको सुदृढीकरणका लागि आफ्नो दल प्रभावकारी ढंगले अघि बढ्ने बताएका हुन्।

बैठकमा उनले भनेका छन्,’ गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन। गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ,’ उनको भनाइ छ ।

गणतन्त्रमा पनि सुधार आवश्यक रहेको भन्दै उनले भनेका छन्,’ यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। अब यसलाई सुधारमा लाग्नुपर्छ,’ उनले भने ।

पार्टीलाई वृहत रूपमा परिष्कृत गर्दै गणतन्त्र  र संविधान सुदृढकीकरणको अभियानमा केन्द्रित गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् । ‘म ‘म्यासिभ रिफर्मम’मा काम गर्न चाहन्छु। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौ। यो सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु,’ उनले भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने गरिने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved