काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको लुटतन्त्रलाई टुलुटुलो हेरेर नबस्ने बताएका छन् । पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सरकारको लुटतन्त्र टुलुटुलु नहेर्ने बताएका हुन् ।
“दुई तिहाइको सरकारले ज्युँदै छोडेको छ । त्यही नै मेरो जित हो । शरीरमा रगत हुन्जेल म लड्नेछु,” उनले भने ।
आफू राजनीतिमा भएकै कारणले सरकारले दु:ख दिएको लामिछानेको भनाइ छ । “लुटतन्त्र मच्चाएकाहरूलाई खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन,” उनले भने ।
अदालतप्रति आफ्नो आशा र भरोसा कायमै रहेको उनले बताए । जनतामा देखिएको निराशा चिर्नुपर्ने बेला आएको भन्दै त्यसमा दत्तचित्त भएर अघि बढ्ने उनले बताए । उनले आगामी शनिबार चितवनमा विशेष सम्बोधन गर्ने पनि बताए । सरकारबाट होसियार हुनुपर्ने लामिछानेको भनाइ छ । जनतालाई सुरक्षा गर्न सरकार सक्षम नभएको उनले बताए ।
Facebook Comment
Comment