कुलमान बर्खास्तबारे जनार्दन शर्मा : राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्

नेपालभ्युज

कुलमान बर्खास्तबारे जनार्दन शर्मा : राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्

काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोध गरेका छन् ।

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

राम्रो काम गर्नेलाई हटाउनेहरु पराजित हुने शर्माको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “…लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन् ।”

शर्मा ऊर्जामन्त्री हुँदा कुलमानलाई पहिलो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved