तीन दिनदेखि लगातार घट्दै सुनको भाउ

नेपालभ्युज

तीन दिनदेखि लगातार घट्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ‍६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved