नेसन्स लिग

जर्मनी र स्पेन सेमिफाइनलमा, इटाली र नेदरल्यान्ड्स बाहिरिए

नेपालभ्युज

जर्मनी र स्पेन सेमिफाइनलमा, इटाली र नेदरल्यान्ड्स बाहिरिए

काठमाडौं । जर्मनी र साविक विजेता स्पेन यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

सोमबार बिहान भएको दोस्रो खेलको नतिजाका आधारमा यी दुई टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

डर्टमन्डमा भएको खेलमा घरेलु टोली जर्मनी र इटालीले ३–३ गोलको बराबरी खेले । तर पहिलो लेगमा जर्मनीले २–१ गोलले अघि भएका कारण उसले इटालीमाथि समग्रमा ५–४ को नतिजा हासिल गरेको हो । जर्मनी पहिलो पटक नेसन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

यता स्पेन र नेदरल्यान्ड्सले भने दोस्रो लेगमा पनि बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । भ्यालेन्सियामा भएको खेलको पेनाल्टी सुटआउटमा घरेलु टोली स्पेनले ५–४ गोल अन्तरले बाजी मार्यो ।

यसअघि यी दुईबीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा पनि ३–३ गोलको बराबरीमा सकियो । समग्रमा ५–५ गोलको बराबरी भएर थप समयमा गोल हुन नससकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

इटाली र नेदरल्यान्ड्स भने प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरएका छन् ।

रोनाल्डोको पोर्चुगल डेनमार्क र एमबाप्पेको फ्रान्स क्रोएसियासँग पराजित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved