नागढुङ्गामा हाइस दुर्घटना: एकको मृत्यु, नौ जना घाइते

नेपालभ्युज

नागढुङ्गामा हाइस दुर्घटना: एकको मृत्यु, नौ जना घाइते
सांकेतिक तस्वीर

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आइतबार साँझ भएको सवारी दुर्घटनामा एकको मृत्यु र नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५÷२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरूङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved