काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निवार्चन भइरहेको छ । बिहान ८ बजेदेखि मतदान जारी छ ।
पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए । यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा आजका लागि तय गरिएको थियो ।
मतदानका लागि ७ हजार ४०० विद्यार्थीले मतदाता परिचयपत्र लगेको निर्वाचन समितिले जनाएको छ ।
यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुबाहेक अन्यले जित्न सकेका छैनन् । यसर्थ यो पटक पनि अनेरास्ववियु विरासत जोगाउने दाउमा छ । अन्य सङ्गठन भने नयाँ इतिहास रच्ने दाउमा छन् ।
यसपटक स्ववियु अध्यक्षका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी सङ्घबाट सुशील न्यौपाने र अखिल क्रान्तिकारीबाट नवीन अधिकारीलगायत मैदानमा छन् ।
Facebook Comment
Comment