मेसी र नेयमार दुवै राष्ट्रिय टोली बाहिर

नेपालभ्युज

मेसी र नेयमार दुवै राष्ट्रिय टोली बाहिर

काठमाडौं । स्टार फुटबलरद्वय अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका नेयमार दुवै राष्ट्रिय टोलीबाट बाहिर भएका छन् । दुवै खेलाडी घाइते भएका कारण राष्ट्रिय टोलीमा समावेश नभएका हुन् ।

विश्व विजेता अर्जेन्टिनी टोलीले उरुग्वे र ब्राजिलविरुद्ध खेल्दैछ । मसल स्ट्रेनका कारण मेसीलाई भने टिममा राखिएको छैन । अमेरिकी मेजर सकर लिग (एमएलएस)अन्तर्गत एटलान्टाविरुद्धको खेलमा मेसीको मसल्समा समस्या देखिएको बताइएको छ । यसले गर्दा ३७ वर्षीय मेसी हालै घोषित अर्जेन्टिनी टिममा अटाएनन् । मेसी रिभकरीका लागि अमेरिकामै रहनेछन् ।

विश्वकपको दक्षिण अमेरिकी (कनमेबोल) छनोटमा तीन पटकको विश्व विजेता अर्जेन्टिना १२ खेलबाट २५ अङ्कसहित शीर्ष स्थानमा छ । अर्जेन्टिनाले छनोटको दोस्रो स्थानको रहेको उरुग्वेविरुद्ध आगामी सोमबार खेल्नेछ ।

त्यसपछि अर्जेन्टिनाले मार्च २५ मा घरेलु मैदानमा सर्वाधिक पाँच पटकको विश्व विजेता ब्राजिलसँग खेल्नेछ । ब्राजिलको टिममा पनि स्टार खेलाडी नेयमार छैनन् ।

झण्डै डढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्ने तयारीमा रहेका नेमार मसल इन्जुरीकै कारण टिमबाट बाहिरिएका हुन् ।

ब्राजिलले सन् २०२३ को अक्टोबरदेखि आफ्ना स्टारलाई खेलाडीलाई गुमाइरहेको छ । साउदी अरेबियाको क्लब अल–हिलालबाट यसै सिजन ब्राजिल फर्किका नेयमार

किशोर हुँदा आफूले खेलेको क्लब सान्तोसमा आबद्ध छन् । तर, मार्च २ मा सान्तोसले ब्रागन्टिनोविरुद्ध २–० गोल अन्तरको जित हासिल गर्दा नेयमार फेरि घाइते भए । यसबाट उनी राष्ट्रिय टोलीमा खेल्नबाट वञ्चित भएका छन् ।

ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल खेल्दैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved