हिउँदे ओलम्पिक बेइजिङमा शुरू

नेपालभ्युज

हिउँदे ओलम्पिक बेइजिङमा शुरू

बेइजिङ। २४औँ हिउँदे ओलम्पिक खेलकुद बेइजिङस्थित न्याओछाओ अर्थात् बर्ड नेस्ट रङ्गशालामा उद्घाटन गरिएको छ। चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार राति ८ बजे खेलको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाख, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संघसंगठनका जिम्मेवार व्यक्तिहरू, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका शीर्ष नेताहरू उपस्थित थिए।

नेपालका तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कौशलकिशोर रायले प्रतिनिधित्व गरेका छन्। शुक्रबार शुरु भएको हिउँदे ओलम्पिक फेब्रुअरी २० मा समापन हुनेछ। प्रतियोगितामा ३ हजार खेलाडीले १५ विधाका १०९ वटा इभेन्टमा भाग लिनेछन् । यस पटकको ओलम्पिकमा ७ वटा नयाँ इभेन्ट थपिएका छन्।

खेलकुद गतिविधिमा अमेरिका, भारत लगायतका केही मुलुकले चीनसँगका आ–आफ्ना असन्तुष्टि देखाउँदै कूटनीतिक बहिस्कार गरेका छन्। कूटनीतिक बहिष्कार गरेपनि ती देशबाट खेलाडीहरूको भने उत्साहजनक सहभागिता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved