प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार चौथो जित, तृतको शतक

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार चौथो जित, तृतको शतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा आर्मीले कोशीलाई ७ विकेटले पराजित गरेको हो ।

२३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि तृत राज दासले शतकीय र बसिर अहमदले अर्धशतकीय पारी खेले ।

तृत ११२ रनमा अविजित रहँदा बसिर अहमद ६१ रनमा अविजित रहे । तृतले १३९ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै  ११२ रनको योगदान गर्न सफल भए ।

बसिरले ६२ बल सामना गर्दै ६ चौका प्रहार गरे ।

तृतको शतक जारी प्रतियोगिताको दोस्रो शतक हो । यसअघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना गण्डकीविरुद्ध १२१ रनमा अविजित थिए ।

कोशीका लागि भने सन्दीप ढुङ्गाना, भुपाल लुइँटेल र प्रकाश कार्कीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा २३० रनमा अलआउट भएको थियो ।

कोशीका लागि सुभन गहतराजले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ७ चौका प्रहार गरे । सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ४ विकेट लिए । आकाश चन्द तथा साहाब आलमले २–२ तथा कुशल मल्ले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved