सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध

नेपालभ्युज

सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध

जुम्ला । जिल्लास्थित सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

चारवटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित भएका छन् । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरूमा नेविसङ्घका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ । क्याम्पसमा हाल १८० विद्यार्थी छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved