राप्रपा नेपालका अध्यक्ष थापाले बोलाए पदाधिकारी बैठक

नेपालभ्युज

राप्रपा नेपालका अध्यक्ष थापाले बोलाए पदाधिकारी बैठक
फाइल तस्वीर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन् ।

आज (सोमबार) दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

‘मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागतलगायत भावी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो,’ उनले भने ।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र सङ्घीयता खारेज गर्नका लागि समान विचार र उदेश्य भएकाहरू एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा अध्यक्ष थापाले जोड दिइरहेको सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको महामन्त्री बर्तौलाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved