थाइल्यान्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो

नेपालभ्युज

थाइल्यान्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं । थाइल्यान्डमा अलपत्र परेका २० जना नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी शुक्रबार नेपाल फर्काइएको जानकारी दिएको हो ।

गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेर विदेश नजान पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

बैङ्ककस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्बोडिया, लाओस, म्यानमार र कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि मापदण्ड विपरीत नजान दूतावास सबैमा अनुरोध गर्दछ । साथै आमनागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी योगदान गरिदिन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved