तोसिमाको प्रश्न : स्वास्थ्य मन्त्रालयमा महिलालाई किन विभेद ?

नेपालभ्युज

तोसिमाको प्रश्न : स्वास्थ्य मन्त्रालयमा महिलालाई किन विभेद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव नियुक्तिमा महिलामाथि विभेद भएको आरोप लगाएकी छन् ।

उनले संसद्‌मा प्रश्न उठाउँदै वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. सङ्गीता कौशल मिश्रलाई पन्छाएर अर्को व्यक्तिलाई सचिव नियुक्त गरिएको विषयमा सरकारको जवाफ माग गरेकी छिन् ।

“स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ । सिफारिस र वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा । सङ्गीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो ?,” कार्कीले प्रश्न गरिन् ।

सांसद कार्कीले थप प्रश्न गर्दै भनिन्, “पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग संसद्ले जवाफ माग्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved