जनकपुरधामको गेस्ट हाउसमा पुरुषको शव फेला

जनकपुरधामको गेस्ट हाउसमा पुरुषको शव फेला

जनकपुरधाम । जनकपुरधाम स्थित एक गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको हो।

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको ठीक अगाडी रहेको सो गेस्ट हाउसको कोठा नम्बर ३०१ मा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मृत फेला परेका पुरुष महोत्तरीको पिपरा गाउँपालिका ७ का सागर चौधरी रहेको धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनले आज दिउँसो ३ बजे गेस्ट हाउस संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताए ।

सागर दुई जनासँगै आएको र उनीसंगै रहेका व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । चौधरी वास बसेको सो कोठा सिरहाको मिर्चैयाका अमित साहको नाममा बुक गरिएको गेस्ट हाउसका एक कर्मचारीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved