राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रूसको आक्रमण, चार जनाको मृत्यु

नेपालभ्युज

राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रूसको आक्रमण, चार जनाको मृत्यु

काठमाडौं । रूसले  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

घटनामा चार जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

जेलेन्स्की ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला आक्रमण भएको हो ।

क्रिभी रिहमा रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा चार जनाको मृत्यु भएको र ३१ जना घाइते भएको शहरका क्षेत्रीय गभर्नर सेर्ही लिसाकले जानकारी दिए ।

लिसाकले भने, “क्षेप्यास्त्रले मध्य युक्रेनी शहरको एक होटलमा प्रहार गर्‍यो, जसले १३ अपार्टमेन्ट ब्लक र १२ पसलहरूलाई पनि क्षति पुर्‍याएको छ ।”

युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार यूरी साकले यसलाई “शान्तिपूर्ण होटल”मा भएको आक्रमणको रूपमा वर्णन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved