पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव, तराईका केही स्थानमा हुस्सु

नेपालभ्युज

पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव, तराईका केही स्थानमा हुस्सु
फाइल तस्वीर

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आङ्शिक प्रभाव रहेको छ । देशका पहाडी भागमा आङ्शिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो पहाडी भागमा आङ्शिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

यसैगरी, आज राति पहाडी भागमा आङ्शिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा शुक्रबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आङ्शिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved