अमेरिकामा दादुराको प्रकोप बढ्दो

नेपालभ्युज

अमेरिकामा दादुराको प्रकोप बढ्दो

काठमाडौं । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौंसम्म रहनसक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिएका छन् ।

टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ ।

अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाइको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर शुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताए ।

“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूओर्कमा साढे १० महिनासम्म चलेको थियो ,” शुफोर्डले थपे।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि सङ्ख्या बढ्दै गएको छ । सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो ।

दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved