काठमाडौं । जुलियन अल्भारेजले खेलकाे ६६ औं मिनेटमा गरेकाे निर्णायक गोलसँगै एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार बिहान घरेलु मैदान रियाद एअर मेट्रोपोलिटानाेमा भएको खेलमा एथ्लेटिक क्लब बिल्बाओलाई १–० गोलअन्तरले हराएर एट्लेटिकोले बार्सिलोनालाई उछिनेको हो ।
यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट एट्लेटिको आएका अल्भारेजको ला लिगामा व्यक्तिगत १०औं गोल गरेका हुन् ।
यससँगै एट्लेटिकोको २६ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाको २५ खेलबाट ५४ अङ्क छ ।
आइतबार बिहान नै भएको खेलमा साविक विजेता रियल मड्रिड रियल बेटिससँग पराजित भएको थियो । यससँगै सर्वाधिक ३६ पटकको विजेता रियल लिगमा दोस्रोबाट तेस्रोमा झरेको छ । बार्सिलोनासँग समान ५४ अङ्क भए पनि गोल अन्तरका आधारमा रियल पछि । रियलले बार्सिलोभन्दा एक खेल बढी खेलेको छ ।
यससँगै ला लिगाको उपाधि दौडमा थप तीव्र प्रतिस्पर्धा देखिएको छ । अब हुने खेलमा बार्सिलोना विजयी भएका उसले एट्लेटिकोलाई उछिन्ने छ । यता रियल पनि प्रतिस्पर्धाको दौडमा अघि बढिरहेको छ ।
लिगको चौथो स्थानमा बिल्बाओ, पाँचौंमा भिल्लारियाल र छैटौंमा बेटिस रहेका छन् ।
Facebook Comment
Comment