ऊर्जामन्त्रीको विरोध गरेको भन्दै दूधकोशी आयोजना प्रमुखलाई पदबाट हटाउन निर्देशन

नेपालभ्युज

ऊर्जामन्त्रीको विरोध गरेको भन्दै दूधकोशी आयोजना प्रमुखलाई पदबाट हटाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको खुलेको छ ।

मन्त्रीको बारेमा आयोजना प्रमुख अधिकृत विमल गुरुङले सामाजिक सञ्जालमा गैरजिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

फागुन ८ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरी गुरुङलाई हटाउन निर्देशन दिइएको शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले जानकारी दिए ।

गुरुङलाई पदबाट हटाउन यसअघि मन्त्री खड्काले मौखिक निर्देशन दिएपनि कार्यान्वयन नभएकोले पत्र नै लेखिएको एक अधिकृतले जानकारी दिए ।

पत्रमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१/११/८ को सविस्तारको निर्णयअनुसार अनुरोध छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved