बन्धक सिरी बिबासमाथि नेतन्याहुको ‘धम्की’, हमासले गर्‍यो अस्वीकार

नेपालभ्युज

बन्धक सिरी बिबासमाथि नेतन्याहुको ‘धम्की’, हमासले गर्‍यो अस्वीकार

एजेन्सी । हमासले शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको ‘धम्की’ अस्वीकार गरेको छ ।

नेतन्याहुले हमासलाई बन्धक सिरी बिबासलाई फिर्ता नगरेर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि यसको मूल्य चुकाउनुपर्ने धम्की दिएका थिए ।

“बेन्जामिन नेतन्याहुले आफ्नो छवि सुधार गर्ने प्रयासको हिस्साका रूपमा जारी गरेको धम्कीलाई हामी अस्वीकार गर्दछौँ, हमासले एक वक्तव्यमा भनेको छ ।

साथै समूहले इजरायली अधिकारीहरूलाई एक गाजावासी महिलाको शव फिर्ता गर्न आग्रह गरेको छ । समूहले बिहीबार हस्तान्तरण गरेको शवलाई बिबासको भनेर दाबी गरिएको थियो ।

हमासले युद्धविराम पालना नगर्ने वा कुनै पनि शव राख्ने कुनै चासो नरहेको बताएको छ । तथापि ‘शवहरूको त्रुटि वा मिश्रण हुने सम्भावना’ स्वीकार गरेको छ ।

यसलाई हमासले अन्य प्यालेस्टिनीसँगै बिबास परिवार रहेको क्षेत्रमा इजरायली बमबारीलाई जिम्मेवार ठहराएको छ ।

हमासले मध्यस्थकर्ताहरूलाई शव फिर्ताको परिस्थितिबारे आफ्नो ‘अनुसन्धान र परीक्षण’ को नतिजा जानकारी गराउने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved